कङ्गोमा बाढीका कारण एक सय बढीको मृत्यु

Published on

काठमाडौं । पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि सोबारे जानकारी दिनुभएको हो ।

उहाँले नजिकैको किभु तालको किनारबाट शव सङ्कलन भइरहेको पनि बताउनुभएको छ । बिहीबार साँझबाट सुरु भएको भारी वर्षापछि दुईवटा नदीले आफ्नो किनार तोडेर विनाश मच्चाएका छन् । त्यसैगरी पहिराले सयौँ घरहरू ध्वस्त भएका छन् भने अन्य ठूलो धनजनको क्षति भएको बताइएको छ ।

न्यामुकुबी गाउँका ७५ प्रतिशतभन्दा बढी घरहरू बाढीले बगाएको स्थानीय बासिन्दाले अनुमान गरेका छन् । रासस/एएनआई

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...