हैजा लागेर दक्षिण अफ्रिकामा सत्र जनाको मृत्यु

Published on

काठमाडौं । दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ ।

हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । हालै हम्मास्क्रालमा हैजाको प्रकोप देखिएपछि एक सय ६५ जनाको उपचार गरिएको छ ।

गत फेब्रुअरीको प्रारम्भमा दक्षिण अफ्रिकामा हैजाका  दुई ‘केस’ अभिलेख भएको थियो भने सोही महिनाको अन्त्यमा एक जनाले ज्यान गुमाएपछि देशका विभिन्न भागमा झाडा तथा वाकवाकी लाग्ने, पेट दुख्ने र डिहाइड्रेसनका समस्याबाट मानिस पीडित भएका थिए ।

सरकारले यस्ता लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन आग्रह गरेको थियो । विभागले अहिले पनि त्यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन, नियमित रूपमा औषधि सेवन गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । रासस/सिन्ह्वा

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...