अफगानिस्तानमा विष्फोट हुँदा डेपुटी प्रान्तीय गभर्नरसहित दुई जनाको मृत्यु, छ घाइते

Published on

काठमाडौं । अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन अहमदीका अनुसार “फैजाबाद सहरमा  भएको विष्फाेटनमा बदख्सान प्रान्तका डेपुटी गभर्नर मौलावी निसार अहमद अहमदीसहित दुई जनाको मृत्यु भएको छ र अन्य छ जना घाइते भएका छन् । घाइते सबैलाई अस्पताल लगिएको छ ।”

स्थानीय समयअनुसार बिहान ८ः१५ बजे फैजाबाद सहरको चराही महकामा क्षेत्रमा कार बम विस्फोट भएको हो । घातक हमलाको जिम्मेवारी लिने कुनै समूहको बारेमा जानकारी सार्वजनिक गरिएको छैन । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...