श्रीलङ्कामा डेङ्गुका बिरामीमध्ये २५ प्रतिशत विद्यालय जाने बालबालिका

Published on

काठमाडौं । श्रीलङ्कामा डेङ्गुका बिरामीमध्ये करिब २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेको यहाँको स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतबार बताएका छन्।

राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइका निर्देशक नलिन अरियारत्नेका अनुसार श्रीलङ्कामा यस वर्ष अहिलेसम्म ४२ हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन्। 

श्रीलङ्काका विद्यालयहरू नयाँ शैक्षिक सत्रका लागि खुल्नुभन्दा एक दिनअघि पत्रकारहरूलाई सम्बोधन गर्दै उहाँले विद्यालय तहमा डेङ्गुको फैलावटलाई कम गर्नुपर्नेमा जोड दिनुभयो। 

श्रीलङ्काको सबैभन्दा बढी जनसङ्ख्या भएको पश्चिमी प्रान्तमा करिब ५० प्रतिशत डेङ्गुका बिरामी फेला परेको र सन् २०२३ मा डेङ्गुुको प्रकोप फैलिने चिन्ता महामारी विशेषज्ञहरूले व्यक्त गरेका छन्।

श्रीलङ्कामा सन् २०२२ मा ७६ हजारभन्दा बढी डेङ्गुका बिरामी फेला परेको सरकारी तथ्याङ्कले देखाएको छ। रासस

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...