कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

Published on

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माणकार्य सम्पन्न भएको हो । उक्त सम्पन्न प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक प्रमुख शशीभूषण शाहले जानकारी दिनुभयो ।

सो प्रसारण लाइन राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि बाँकेको कोहलपुर सवस्टेशनदेखि सुर्खेतको सुब्बाकुनामा निर्माण भएको सवस्टेशनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार बाँके, बर्दिया र सुर्खेत रुटमा परीक्षणपश्चात् प्रसारण लाइन सञ्चालनमा ल्याइनेछ । 

प्राधिकरणले प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरी नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका सङ्केत देखाइएका विद्युत्का संरचनालाई नछुन र बालबालिकालाईसमेत टावर नछुन तथा नजिक जान नदिन सचेत गर्न अनुरोध गरेको छ । साथै परीक्षणको क्रममा कुनै ठाउँमा भिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिनसमेत आग्रह गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...