भूतपूर्व गोरखाहरूको माग सम्बोधन बारे बैठक

Published on

काठमाडौं । भूतपूर्व गोरखाहरूको माग सम्बोधनका विषयमा लन्डनस्थित नेपाली राजदूतावास,संयुक्त अधिराज्य (बेलायत)का रक्षा मन्त्रालयका पदाधिकारी तथा भूतपूर्व गोरखाका प्रतिनिधिहरू सम्मिलित प्राविधिक स्तरको बैठक बेलायतको रक्षा मन्त्रालयमा बिहीबार सम्पन्न भएको छ । 

बैठकमा भूपू गोरखाले उठाउँदै आएको पेन्सन र कल्याणकारी विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावासले जनाएको छ । बैठकमा छलफल भएका विषयहरूमा रक्षा मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयमा आन्तरिक छलफल गरेर पुन अर्को बैठक तय गरिने पनि सहमति भएको छ । 

भूपू गोरखाको तर्फबाट बैठकमा सहभागी ज्ञानराज राईले वार्ता सकारात्मक रूपमा भएको जानकारी दिँदै पेन्सन,कल्याणकारी र क्षतिपूर्तिलगायतका  विषयमा छलफल भएको बताउनु भयो । उहाँले बैठकमा मुख्य विषयवस्तुले प्रवेश पाएको बताउँदै आगामी दिनमा सचेत भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । 

बैठकमा नेपाल सरकारको तर्फबाट नेपाली दूतावासकी नियोग उपप्रमुख श्रीमती रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार, भूपू गोरखाहरूको तर्फबाट मेजर(अवकाश) जुद्धबहादुर गुरुङ, धर्मबहादुर तामाङ र ज्ञानराज राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीको सहभागिता रहेको थियो । गाेरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...