चुनावी अभियानमा कैलाली पुगेका बालेन्द्र शाह भेटघाटमा व्यस्त

Published on

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली पुग्नुभएको छ  । बर्दियाको राजापुरबाट कैलाली पुगेका उहाँले उम्मेदवार भेटघाटका क्रममा क्षेत्रको समस्याका बारेमा चासो देखाउनुभएको छ । मङ्गलबार बिहान लम्की र सुखडमा रहेको पार्टी कार्यालय पुगेर त्यहाँका उम्मदवार तथा नेतासँग क्षेत्रगत समस्याका बारेमा जानकारी लिनुुभएको हो । नेता शाहले लम्कीचुहा नगरपालिका भल्कामा रहेको पार्टी कार्यालयमा २ का  उम्मेदवार केपी खनाल लगायत रास्वपा नेताहरुसँग केहीबेर त्यहाँको समस्याका बारेमा जानकारी लिनुभएपछि सुखड पुग्नुभएको थियोे ।

सुखड चोकममा स्वागत र अभिनन्दका लागि रास्वपाका नेता कार्यकर्ता तथा शुभचिन्तकको समूह रहे पनि शाह सिधै सुखड बजारमा रहेको पार्टी कार्यालय प्रवेश गर्नुभएको थियो । पछिपछि  शाहलाई हेर्न र भेट्नका लागि युवाहरुको भिड पार्टी कार्यालय पुगेको थियो । सुरक्षाकर्मीको सुरक्षाभित्र केहीबेर शाहले कार्यालयमा क्षेत्र नम्बर ३ का उम्मेदवार जगतप्रसाद जोशीसँग कुराकानी गर्नुभयो । भेटघाट र कुराकानीका क्रममा क्षेत्र नम्बर ३ को समस्याका बारेमा उम्मेदवार जोशीले जानकारी गराउनुभएको थियो । उहाँले पर्यटन, कृर्षीका लागि सम्भावना बोकेको क्षेत्र भए पनि बाढी, डुबान, कटानको समस्यालगायत विषयमा जानकारी गराएको बताउनुभयो ।

छोटो समय कुराकानीपछि कार्यालयबाट निस्कनु भएका शाह भिडमा नरोकिकन गाडीमा बस्नुभएको थियो । समर्थकले नाराबाजी गर्दै बजार परिक्रमापछि सबैलाई हात हल्याउदै शाह निस्कनुभएको थियो । बिहान ७ बजे राजापुरमा भएको स्वागत कार्यक्रममा उपस्थित भएर कैलाली पुग्नुभएका उहाँको पहलमानपुर, मसुरिया, चौमाला, अत्तरिया, धनगढीसम्म भेटघाट कार्यक्रम रहेको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ...

कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार...