सिन्धुलीमा बाढीपहिरोबाट ३१ घरमा क्षति

Published on

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ बितिजोरमा शनिबार बिहान बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ ।

लगातारको वर्षापछि खसेको पहिरो र लेदा माटोसहित आएको बाढीले कुखुरेटार, तीनमाने, भालुखोला, कटहरेका ३१ घरमा क्षती पुर्‍याएको वडा अध्यक्ष दौलत कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कुखुरेटारमा पहिरोले मंगलबहादुर माझीको घर र चित्रबहादुर माझीको स्थानीय जातको ६० वटा कुखुरा र पाँच वटा सुँगुरसहित गोठ बगाएको ।

वडा अध्यक्ष कार्कीले भन्नुभयो, ‘‘राति वर्षासँग बस्तिभन्दा माथि पाखाबाट लेदोमाटोसहित बगेर आएको बाढी घर भित्र पसेर सबै ठाउँमा गरी ३१ घरमा क्षती पुगेको छ ।’’

माझी बस्तीमा सेते माझी, रामबहादुर माझी, लालबहादुर माझी, प्रेमबहादुर माझी सहित सबै घरमा क्षेती पुगेको उहाँले बताउनुभयो । बाढीपहिरो पीडित परिवारहरु अहिले पनि क्षती भएको घरमा नै बसी रहेका छन् । उनीहरु राहत सहयोगको पर्खाइमा रहेको स्थानीयले बताएका छन् ।

बितीजोर खोलामा आएको बाढी खेतमा पसेर तीनमाने, कटहरे, भालुखोलामा मकै र रोपाईका लागि राखिएको धानको व्याड पुरेर बाँकी केही नराख्दा किसान मर्कामा परेको वडा अध्यक्ष कार्कीले बताउनुभयो । कसको कति क्षती भयो भन्ने विवरण सङ्कलन र राहत सहयोगका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

घरमा लेदो पसेर बस्नै नहुने गरी पुरेको पीडित सेते माझीले गुनासो गर्नुभयो । उहाँका अनुसार तरकारीको टनेल समेत लेदोसहितको पहिरोले पुरिदिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत कुखुरेटारमा ठाउँठाउँमा माथिबाट झेरको पहिरो सडकमा थुप्रिदा एकतर्फी यातायात सञ्चालन भएको स्थानीले बताएका छन् । गाेरखापत्र

spot_img

ताजा समाचार

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १०...

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

काठमाडौं । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा समाचारदाताबीच आज सम्पन्न...

रेडियो नेपालको ७६ औँ वार्षिकोत्सव: मन्त्री तिमिल्सिनाद्वारा योगदानको प्रशंसा

काठमाडौं । नेपालको पहिलो प्रसारण माध्यम रेडियो नेपाल ७६ औँ वर्षमा प्रवेश गरेको अवसरमा...

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

काठमाडौं । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम...