बेलाैरी भन्सार कार्यालय स्थापनाकाे लागि प्रतिबद्ध छु : रमेश लेखक

Published on

महेन्द्रनगर । नेपाली काङ्ग्रेसका नेता, पुर्व मन्त्री तथा प्रमुख सचेतक रमेश लेखकले बेलाैरी भन्सार कार्यालय स्थापनाकाे लागि प्रतिबद्ध रहेकाे बताएका छन् ।
पार्टी कार्यकर्ता भेटघाट तथा विभिन्न कार्यक्रमका निम्ति कञ्चनपुरकाे बेलाैरी पुगेका लेखकले एक कार्यक्रममा बेलाैरी भन्सार कार्यालय स्थापनाकाे लागि कुरा उठ्ने भएपनि आफू भने भन्सार कार्यालय स्थापनाकाे लागि प्रतिबद्ध रहेकाे बताएका हुन् ।
“भन्सार कार्यालय सम्बन्धि कुरा उठेकाे छ, बेलाैरीमा भन्सार कार्यालय स्थापना हुनुपर्छ ।” रमेश लेखकले भने, “भन्सार कार्यालय पनि अवलाेकलन गरेर फर्कन्छु, काठमाडौं गएपछि भन्सार कार्यालय स्थापनाकाे लागि प्रधानमन्त्री ज्यू सँग बसेर निचोड निकाल्छु र चाँडै भन्सार सञ्चालन हुन्छ ।” भन्सार कार्यालय सञ्चालन बारे स्वयं प्रधानमन्त्री प्रचण्ड, हाम्रो पार्टी सभापति शेर बहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली ज्यूले पनि यस विषयमा बाेलेकाे कुरा छन् भन्ने आफुले सुनेकाे भन्दै भन्सार कार्यालय स्थापना हुने उनले बताए ।
याे सँगै लेखकले बेलाैरी भन्सार कार्यालय समेत अवलोकन गरेका थिए ।

spot_img

ताजा समाचार

टी–२० विश्वकप : अस्ट्रेलिया जिम्बाबेसँग स्तब्ध

काठमाडौं । उपाधि दावेदार अस्ट्रेलिया आइसिसी टी–२० विश्वकपमा समूह चरणको आफ्नो दोस्रो खेलमा जिम्बाबेसँग...

मिनी म्याराथनमा बकैयाका गोले प्रथम

काठमाडौं । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा भएको प्रथम बागमती खुला मिनी म्याराथन (दौड) प्रतियोगितामा...

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह...

बालमैत्री गण्डकी प्रदेश निर्माण गर्ने प्रतिबद्धता

काठमाडौं । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री...