माटोको फिल्टर उत्पादनबाट आम्दानी गर्दै दाङका लिलाराम कुमाल

Published on

काठमाडौँ । दाङमा अधिकांश घरमा आधुनिक बिजुली फिल्टर चलाइरहेका भए पनि परम्परागत सीपलाई आधुनिक स्वरूप दिँदै माटोको फिल्टर बनाएर आम्दानी गर्ने व्यक्तिहरू छन्। गढवा गाउँपालिका–६, गढवा निवासी लिलाराम कुमाल विगत १५ वर्षदेखि माटोको पानी छान्ने फिल्टर बनाउँदै आम्दानी गरिरहनुभएको छ। सुरुमा पाला, घैंटा, भुर्की, गमला जस्ता परम्परागत भाँडा बनाउँदै आउनुभएका कुमालले बजारको मागअनुसार विगत १५ वर्षदेखि फिल्टर उत्पादन गर्दै आउनुभएको हो। माटोको फिल्टर सस्तो, स्वास्थ्यप्रद र ग्रामीण–सहर बजारमा माग हुने भएकाले व्यापार राम्रो भइरहेको उहाँले बताउनुभयो।

कुमालले वार्षिक करिब दस लाख रुपियाँ मूल्यको फिल्टर उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ। गर्मी मौसममा माग बढ्ने हुँदा वर्षमा एक हजारभन्दा बढी फिल्टर बिक्री हुने गरेको बताउनुभयो। तयार भएका फिल्टर दाङका बजारसँगै बुटवल, कोहलपुर र सुर्खेतमा पनि बिक्री हुने गरेको छ। एक फिल्टरको मूल्य करिब एक हजार रुपियाँ छ। माटोको फिल्टरको माग बढ्दै गएपछि उहाँले दुई जनालाई रोजगारी दिनुभएको छ, जसलाई महिनामा ३७ हजार रुपियाँ तलब दिइन्छ। तर भाँडा बनाउन आवश्यक पर्ने माटो र दाउरा संकलनमा समस्या देखिएको छ। सामुदायिक वनहरूले माटो संकलन र दाउरा प्रयोगमा कडाइ गरेकाले सामग्री जुटाउन कठिनाइ भएको उहाँले बताउनुभयो।

गढवा गाउँपालिकाले परम्परागत माटो उद्योगको संरक्षण र प्रवद्र्धनका लागि ‘सेरामिक हब’ स्थापना गर्ने तयारी गरेको छ। अध्यक्ष यमनारायण शर्मा पोख्रेलका अनुसार, गढवाको पहिचान नै माटोका भाँडा भएकाले परम्परागत सीपलाई प्रविधिसँग जोडेर दिगो उद्यममा रूपान्तरण गर्ने योजना अघि बढाइएको छ। यसका लागि नयाँ प्रविधि, सीप हस्तान्तरण तालिम र छात्रवृत्ति कार्यक्रम समेत सञ्चालन गरिएको बताउनुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...