पश्चिम बङ्गाल ग्राम पञ्चायत निर्वाचन : कार्यकर्ता हत्याको आरोप

Published on

काठमाडौं । तृणमूल कांग्रेसले तीन कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै पञ्चायत निर्वाचनमा सुरक्षा व्यवस्था गर्न नसकेकामा सरकारको आलोचना गरेको छ । विपक्षी दलले आफ्ना कार्यकर्ता मारेको तृणमूलको आरोप छ ।

आज (शनिबार) बिहानदेखि  मतदान सुरु भएपछि पश्चिम बङ्गालमा हिंसाका धेरै घटना भएका र हिंसात्मक गतिविधि हुन नदिन राज्य सरकारले विश्वसनीय तयारी नगरेका उक्त दलले रोष प्रकट गरेको छ । “हाम्रो पार्टीका तीन कार्यकर्ताको रेजीनगर, तुफानगञ्ज र खारग्राममा हत्या गरिएको छ र दुई जना डोमकोलमा बन्दुकको गोलीबाट घाइते भएका छन्,” लामो ट्विटर पोस्टमा टिएमसीका एक जना नेताले भनेका छन् ।

शुक्रबार राज्यका  परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडपमा  चार जना राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका थिए ।

यसैबीच, एएफपीका अनुसार चुनावी  पश्चिम बङ्गालको चुनावी अभियानका क्रममा आज भएका राजनीतिक झडपमा सात जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन् । झडपमा सत्तारुढ दल तृणमूल पार्टीका पाँच जना मारिएका प्रहरीले जनाएको छ ।

राज्यभरका विभिन्न गाउँहरूमा मतदानसम्बन्धी हिंसामा सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन्,“ पश्चिम बङ्गालको प्रहरी बलका अतिरिक्त महानिर्देशक जावेद शमीमले पुष्टि गरेका छन् ।

भारतीय जनता पार्टी (बीजेपी)ले हालैका वर्षहरूमा पश्चिम बङ्गालमा आफ्नो कब्जा जमाउन कडा परिश्रम गरेको छ । दश करोड चालीस लाख जनसङ्ख्या भएको उक्त राज्यमा ग्राम पञ्चायत चुनावमा दुई लाख उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस/एएनआई

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...