सीमास्तम्भको निरिक्षणको लागि नेपाली टोली टिपताला भन्ज्याङमा

Published on

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले ताप्लेजुङस्थित टिपताला भन्ज्याङमा रहेको नेपाल–चीन सीमास्तम्भको निरीक्षण गरेको छ। प्रहरीको संयुक्त टोलीले फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोला र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला भन्ज्याङमा रहेको सीमास्तम्भको निरीक्षण गरेको हो।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट ओलाङ्चुङगोलाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक नेतृत्वमा नेपाल प्रहरीसहित ११ जनाको संयुक्त सुरक्षा टोलीले सीमास्तम्भको निरीक्षण गरेको हो। सीमास्तम्भ निरीक्षण टोलीमा ओलाङ्चुङगोला प्रहरी चौकीबाट प्रहरी सहायक हवल्दार रनबहादुर तामाङसहित दुई जना र सशस्त्र प्रहरीबाट नौ जना रहनुभएको थियो।

नेपाली सुरक्षा टोलीले टिमताला भन्ज्याङमा रहेको ७९ नम्बरको सीमास्तम्भ ९जङ्गे पिल्लर० र सीमाको अवस्था लगायतका विषयमा निरीक्षण तथा अवलोकन गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

समुद्र सतहदेखि पाँच हजार १०० मिटर उचाइ रहेको टिपताला भन्ज्याङस्थित नेपाल–चीन अन्तर्राष्ट्रिय सीमास्तम्भ निक्कै पुरानो भएको बताइएको छ। ओलाङ्चुङगोलादेखि टिपताला पुग्नलाई पैदल यात्रामार्फत करिब तीन दिन लाग्छ।

यता ताप्लेजुङको सीमावर्ती हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको फले र घुन्सा तथा वडा ७ ओलाङ्चुङगोला र ओलाङ्चुङगोलाकै याङ्माका बासिन्दाले टिपताला नाका हुँदै तिब्बतको रिउ बजारदेखि आवश्यक वस्तु आयात गर्ने गर्दछन्।

दैनिक उपभोग्यदेखि आवश्यक सबै वस्तु रिउबाट आयात र यता उत्पादन हुने गलैँचालगायतका व्यापारजन्य वस्तु निर्यात गर्ने गरिन्छ। कोरोना महामारीसँगै विगत तीन वर्षदेखि भने टिपताला नाका बन्द छ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...