सीमास्तम्भको निरिक्षणको लागि नेपाली टोली टिपताला भन्ज्याङमा

Published on

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले ताप्लेजुङस्थित टिपताला भन्ज्याङमा रहेको नेपाल–चीन सीमास्तम्भको निरीक्षण गरेको छ। प्रहरीको संयुक्त टोलीले फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोला र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला भन्ज्याङमा रहेको सीमास्तम्भको निरीक्षण गरेको हो।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट ओलाङ्चुङगोलाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक नेतृत्वमा नेपाल प्रहरीसहित ११ जनाको संयुक्त सुरक्षा टोलीले सीमास्तम्भको निरीक्षण गरेको हो। सीमास्तम्भ निरीक्षण टोलीमा ओलाङ्चुङगोला प्रहरी चौकीबाट प्रहरी सहायक हवल्दार रनबहादुर तामाङसहित दुई जना र सशस्त्र प्रहरीबाट नौ जना रहनुभएको थियो।

नेपाली सुरक्षा टोलीले टिमताला भन्ज्याङमा रहेको ७९ नम्बरको सीमास्तम्भ ९जङ्गे पिल्लर० र सीमाको अवस्था लगायतका विषयमा निरीक्षण तथा अवलोकन गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

समुद्र सतहदेखि पाँच हजार १०० मिटर उचाइ रहेको टिपताला भन्ज्याङस्थित नेपाल–चीन अन्तर्राष्ट्रिय सीमास्तम्भ निक्कै पुरानो भएको बताइएको छ। ओलाङ्चुङगोलादेखि टिपताला पुग्नलाई पैदल यात्रामार्फत करिब तीन दिन लाग्छ।

यता ताप्लेजुङको सीमावर्ती हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको फले र घुन्सा तथा वडा ७ ओलाङ्चुङगोला र ओलाङ्चुङगोलाकै याङ्माका बासिन्दाले टिपताला नाका हुँदै तिब्बतको रिउ बजारदेखि आवश्यक वस्तु आयात गर्ने गर्दछन्।

दैनिक उपभोग्यदेखि आवश्यक सबै वस्तु रिउबाट आयात र यता उत्पादन हुने गलैँचालगायतका व्यापारजन्य वस्तु निर्यात गर्ने गरिन्छ। कोरोना महामारीसँगै विगत तीन वर्षदेखि भने टिपताला नाका बन्द छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...