तरकारी तथा फलफूल खेतीका लागि सम्भाव्यता अध्ययन सुरु

Published on

काठमाडौं । झापाको कचनकवल गाँउपालिकमा खोला उकास जमिनको सदूपयोग गर्दै विपन्नहरुलाई आयआर्जनमा जोड्नका लागि तरकारी तथा फलफूल खेती गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि युएनडिपिसँगको सहकार्यमा सिमा क्षेत्रमा तरकारी तथा फलफूल खेती गर्नका लागि सम्भाव्यता अध्ययन सहित आवश्यक प्रक्रिया सुरु गरिएको गाँउपालिका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभएको छ ।

नेपाल भारत सिमामा रहेको मेची खोलाको उकास ऐलानी जग्गामा भूमीहिन तथा विपन्न समुदाय आय आर्जन कार्यक्रम सञ्चालन गर्नका लागि न्याय तथा विकासका लागि सामाजिक सञ्जाल बनियानीसँग समेत सहकार्य गरेर अघि बढ्नका लागि जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसँग समेत छलफल भएको भट्टराईले बताउनुभयो ।

दिर्घकालिन रुपमा करिब एक सय ७१ बिगाहा जग्मामा कार्यक्रम सञ्चालन गर्ने गरी छलफल भएको भएतापनि तत्काल ४० बिगाहबाट यो कार्यक्रम हुरु हुने समेत भट्टराईले जानकारी दिनुभएको छ । सिमा खोलाको उकास जमिनमा यो कार्यक्रम सुरु गर्न लागिएकाले जिल्ला प्रशासन कार्यालय झापासँग समेत समन्वय गरेर भोलि विवाद सिर्जना नहुने गरी यो कार्यक्रम अघि बढाइने उहाँले जनाउनुभयो ।

प्रारम्भिक चरणमा यो कार्यक्रम सुरु गर्नका लागि नेपाल भारत सिमा एक सय १० नम्बर पिलरको ११०९४० को सहायक पिलर रहेको क्षेत्रमा सम्भाब्यता अध्ययन गरिएको पनि गाँउपालिकाले जनाएको छ । दशगजा क्षेत्रमा अपनाउनु पर्ने मापदण्डलाई अपनाएर नै कार्यक्रम सञ्चालन गर्ने समेत उहाँको भनाइ छ । गोरखापत्र ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...