कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिए पद तथा गोपनीयताको शपथ

Published on

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथ खुवाएका हुन्। थापासँगै ३ जना मन्त्रीहरूले पनि सपथ लिएका छन्।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए। नवनियुक्त मन्त्रीहरुमध्ये माओवादीका बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार र कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिंञ्चाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। कोशी प्रदेशका सत्ता गठबन्धनका दलहरूले मुख्यमन्त्री लिने दल बाहेकका दलहरूले रोजेर मन्त्रालय लिने सहमति गरेका थिए।

सोहीअनुसार पहिले माओवादीले, त्यसपछि एकीकृत समाजवादीले र तेस्रोमा कांग्रेसले मन्त्रालय रोजेका हुन्। जसपाकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रालय रोजे पनि आज उनको शपथ भने भएन।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...