युक्रेनले रुसको ब्ल्याक सी बेसमा आक्रमण प्रयास गर्‍यो : रुस

Published on

काठमाडौं । रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्णसागर ९ब्ल्याक सी० बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ । तर रुसी जहाजहरूले सो प्रयासालाई विफल पारेको पनि रुसले जनाएको छ । ‘आज राति युक्रेनी सशस्त्र बलहरूले नोभोरोसियस्क नौसेना आधारमा दुई मानवरहित समुद्री डुङ्गाहरूद्वारा आक्रमण गर्ने प्रयास गरेको तर प्रतिकारका क्रमम मानवरहित ती डुङ्गाहरू नष्ट गरिएको छ,’ रुसको टिप्पणी छ । नोभोरोसियस्कमा ट्याङ्करहरूमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो प्रयासबाट पूर्वाधारमा कुनै क्षति नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ । यद्यपि बन्दरगाहमा जहाज आवागमनमा अस्थायी प्रतिबन्ध भने लगाइएको छ ।

कन्सोर्टियमसँग पाइपलाइन प्रणाली छ जसले काजाकिस्तानलाई नोभोरोसियस्कको बन्दरगाहसँग जोड्छ जहाँ विश्व बजारहरूमा ढुवानीका लागि ट्याङ्करहरूमा तेल लोड गर्ने गरिन्छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...