जिल्लाव्यापी कविता वाचन प्रतियोगितामा प्रोग्रेसिभ स्कुल प्रथम

Published on

काठमाडाैं – नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजना तथा नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर समितिको संयोजनमा जिल्लाव्यापी कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । ५० विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगिता काठमाडौँको काँडाघारीमा रहेको भीमेश्वर स्कुल प्राङगणमा सम्पन्न भएको हो । जसमा प्रथम प्रोग्रेसिभ स्कुल प्रथम भएको छ । जसमा बिकिसा पराजुलीले कविता वाचन गरेकी हुन् । यस्तै द्वितीय भीमेश्वर एकेडेमी भएको छ । भीमेश्वर स्कुलको तर्फबाट दीक्षा कार्कीले कविता वाचन गरेकि थिइन् । तृतीय भने दिव्यज्ञान स्कुल भएको छ जसमा सभ्यता कार्कीले कविता प्रस्तुत गरेकि थिईन । चौथो स्थान भने नवजीवन स्कुल भएको छ । नवजीवनको तर्फबाट सुशील चापागाईंले कविता वाचन गरेको हो । यस्तौ पाँचौ स्थान काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटले प्राप्त गरेको छ । जसमा रानु गोपालीले सहभागिता जनाएको थियो ।

प्रतियोगितामा सहभागीताको लागि ६५ विद्यालयले नाम दर्ता गरेपनि ५० विद्यालय मात्रै सहभागी भएका थिए । प्रतियोगितामा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्र वा छात्रा मध्येबाट १ जना सहभागी भएका थिए । प्रतियोगीहरुमध्ये उत्कृष्ट पाँच जनालाई क्रमश प्रथम, द्धितीय, तृतीय, चतुर्थ र पाँचौ स्थान सम्म क्रमश रु ३ हजार, रु दुई हजार, रु १ हजार पाँच सय र एक हजार पुरस्कार सहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो भने सहभागी सम्पूर्णलाई प्रमाणपत्र प्रदान गरिएको काठमाडौं जिल्ला सचिव अमृत खड्काले जानकारी दिनुभयो ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...