तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

Published on

काठमाडौं । यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट भ्याटसहित रु १४ करोड १७ लाख १३ हजार ९३७ लागतमा तीन वर्षअघि निर्माण सुरु गरिएको थियो । सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिका–४ स्थित अर्खलेमा निर्माणाधीन उक्त सभाहल जिल्लाकै ठूलो र अत्याधुनिक बन्न लागेको हो ।  

सघन सहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर घनश्याम यादवकाअनुसार निर्माणाधीन सभाहलको हालसम्म ७५ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तिय प्रगति भएको छ । सभाहल निर्माणको जिम्मा विसं २०७९ कात्तिक २७ गते डिएनडी सत्तेश्वर (याकेट जेभीले लिएको थियो । तोकिएको समयमा काम सम्पन्न नगरेपछि २०८२ चैत मसान्तसम्म म्याद थप गरिएको इञ्जिनियर यादवले बताउनुभयो । उहाँले यसअघि विभिन्न समस्याका कारण सभाहल निर्माणमा ढिलाइ हुँदा म्याद थप गर्नुपरेको बताउनुभयो । आगामी चैत मसान्तसम्म सभाहल निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्ने गरी काममा तीव्रता दिन निर्माण व्यवसायीलाई आयोजना कार्यालयले ताकेता गरिरहेको छ । पाँच रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त सभाहल दुई तलासहित अग्नी नियन्त्रण, भूकम्प प्रतिरोधि, अत्याधुनिक कोठा, गार्डेन, पार्किङ र दुई वटा हल गरी आधुनिक किसिमबाट निर्माण हुन लागेको हो । सभाहलमा एकातिर १०८ जना क्षमताको बहुउद्देश्यीय र अर्कोतिर ४३२ जना क्षमताको मुख्य हल गरी कूल ५४० जना क्षमताको हुने जनाइएको छ । सभाहलको सजावटसँगै फर्निचर व्यवस्थापन, गार्डेन र कम्पाउण्ड निर्माण भइरहेको निर्माण व्यवसायी धनिश्वर गौतमले जानकारी दिनुभयो । उहाँले निर्माणको काममा तीव्रता दिएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...