सुडानमा १ करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको आवश्यक : युनिसेफ

Published on

काठमाडौं । सुडानमा १ करोड ४०  हजार बालबालिकालाई मानवीय सहयोगको ‘गम्भीर आवश्यकता’ रहेको संयुक्त राष्ट्रसंघ बाल एजेन्सीले शुक्रबार उल्लेख गरेको छ । जारी द्वन्द्वले भोकमरीको सङ्कटलाई  थप गहिरो बनाएको पनि सीएनएनले  जनाएको छ । सुडानका १७ लाखभन्दा बढी बालबालिका भोक, रोग, हिंसा र परिवार पृथकताको जोखिमको सामना गर्दै घरबाट विस्थापित भएका छन् । यो  सङ्ख्या पछिल्लो सङ्कट अघि सुडानमा विस्थापित भएका १९ लाख बालबालिकाको अतिरुक्त सङ्ख्या हो ।

पाँच वर्ष मुनिका ३० लाख बालबालिका कुपोषित छन् भने सात लाख गम्भीर कुपोषण र मृत्युको जोखिममा छन् । एक वर्षमुनिका  १७ लाख बालबालिका महत्त्वपूर्ण खोपहरूबाट वञ्चित छन् । अप्रिलको मध्यमा सुडानमा द्वन्द्व  सुरु भएदेखि युनिसेफका अनुसार कम्तिमा ४३५ बालबालिका मारिएका छन् र २,०२५ भन्दा बढी घाइते भएको पनि  सीएनएनले रिपोर्ट गरेको छ ।

सुडानमा दुई करोडभन्दा बढी मानिसहरूले गम्भीर भोकमरीको सामना गरिरहेका छन् जुन सङ्ख्या गत वर्षको तुलनामा झन्डै दोब्बर भएको पनि संयुक्त राष्ट्रसंघले बिहीबार चेतावनी दिएको छ ।

अप्रिल १५ मा सेना र र्यापिड सपोर्ट फोर्सबीच युद्ध सुरु भएको थियो । यस द्वन्द्वले गर्दा सुरक्षाको खोजीमा छिमेकी देशहरूमा गएका ८४४,००० सहित करिब ३५ लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् । रासस/एएनआई

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...