सुदूरपश्चिममा बर्षापछि डुबानः सेनाद्धारा ४० जनालाई स्थानान्तरण

Published on

महेन्द्रनगर । नेपाली सेनाले सुदूरपश्चिम प्रदेशमा भइरहेको बर्षापछि आएको बाढी र डुबानमा जनधनको क्षति न्युनीकरणका लागि सक्रियता बढाएको छ ।
सुदूरपश्चिम पृतना अन्र्तगत तैनाथ गण तथा गुल्मले कैलाली र कञ्चनपुर लगायतका जिल्लामा डुबान क्षेत्रबाट यहाँका नागरिकहरुलाई सुरक्षित स्थानमा सार्नेदेखि बर्षाका कारण भत्किएका सडक र पुर्वाधार निर्माण एवं मर्मतमा गति दिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाले दिएको जानकारी अनुसार पृतना कमाण्डबाट खटिएको सैनिक अधिकृतको टोलीले कैलालीको मोहना, कान्द्रा काँडा र पथरिया नदीमा आएको बाढीले यहाँको भजनी नगरपालिका–८ सुनफाँटा गाउँमा भएको डुबानबाट बुधबार ३५ जनाको सुरक्षित स्थानमा सारिएको हो ।
सो क्षेत्रमा नागरिकहरुको सुरक्षित स्थानमा सार्नका लागि कैलालीको बढैपुरस्थित कालीरक्षा गण (ई) बाट सेनानीले वीरेन्द्र रावतको नेतृत्वमा टोली परिचालन भएको सेनाले जनाएको छ ।


सो क्रममा भजनी नगरपालिकासितको सहकार्यमा सेनाको टोलीले स्थानीयलाई दैनिक उपभोग्य सामाग्री समेत वितरण गरिएको छ । उक्त क्षेत्रमा १५० घरधुरी डुबानबाट प्रभावित भएको छ ।
त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाली सेनाको श्रीदल गुल्म गुल्म भगतपुर ब्यारेकबाट खटिएको सैनिक टोलीले भीमदत्त नगरपालिकामा बर्षाका कारण स्थानीय टंकप्रसाद भट्टको घर डुबानमा परेकोले सो घरबाट पाँच जनालाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ ।
त्यस्तै सेनाले कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी धाममा स्थानीय खोला फटेर धाम क्षेत्रमा पु¥याएको क्षतिग्रस्त क्षेत्रमा सम्वन्धीत निकायको आग्रहमा मर्मत सम्भार समेत थालिएको छ ।
सो कार्यका लागि यहाँको सर्वेश्वर गण र गुरुबक्स गुल्मको टोली परिचालित भएको छ ।
त्यसैगरी डुबानग्रस्त टीकापुर नगरपालिका–६ भर्तापुरमा समेत स्थानीयबासीलाई सुरक्षित स्थानमा स्थानान्तर गरिरहेको सेनाले जनाएको छ ।
यहाँ बाढी र डुबानग्रस्त क्षेत्रमा नागरिकको जिउधनको सुरक्षा एवं क्षति न्युनीकरणका लागि सेना सक्रिय रहेको छ । रासस ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...