सुदूरपश्चिममा बर्षापछि डुबानः सेनाद्धारा ४० जनालाई स्थानान्तरण

Published on

महेन्द्रनगर । नेपाली सेनाले सुदूरपश्चिम प्रदेशमा भइरहेको बर्षापछि आएको बाढी र डुबानमा जनधनको क्षति न्युनीकरणका लागि सक्रियता बढाएको छ ।
सुदूरपश्चिम पृतना अन्र्तगत तैनाथ गण तथा गुल्मले कैलाली र कञ्चनपुर लगायतका जिल्लामा डुबान क्षेत्रबाट यहाँका नागरिकहरुलाई सुरक्षित स्थानमा सार्नेदेखि बर्षाका कारण भत्किएका सडक र पुर्वाधार निर्माण एवं मर्मतमा गति दिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाले दिएको जानकारी अनुसार पृतना कमाण्डबाट खटिएको सैनिक अधिकृतको टोलीले कैलालीको मोहना, कान्द्रा काँडा र पथरिया नदीमा आएको बाढीले यहाँको भजनी नगरपालिका–८ सुनफाँटा गाउँमा भएको डुबानबाट बुधबार ३५ जनाको सुरक्षित स्थानमा सारिएको हो ।
सो क्षेत्रमा नागरिकहरुको सुरक्षित स्थानमा सार्नका लागि कैलालीको बढैपुरस्थित कालीरक्षा गण (ई) बाट सेनानीले वीरेन्द्र रावतको नेतृत्वमा टोली परिचालन भएको सेनाले जनाएको छ ।


सो क्रममा भजनी नगरपालिकासितको सहकार्यमा सेनाको टोलीले स्थानीयलाई दैनिक उपभोग्य सामाग्री समेत वितरण गरिएको छ । उक्त क्षेत्रमा १५० घरधुरी डुबानबाट प्रभावित भएको छ ।
त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाली सेनाको श्रीदल गुल्म गुल्म भगतपुर ब्यारेकबाट खटिएको सैनिक टोलीले भीमदत्त नगरपालिकामा बर्षाका कारण स्थानीय टंकप्रसाद भट्टको घर डुबानमा परेकोले सो घरबाट पाँच जनालाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ ।
त्यस्तै सेनाले कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी धाममा स्थानीय खोला फटेर धाम क्षेत्रमा पु¥याएको क्षतिग्रस्त क्षेत्रमा सम्वन्धीत निकायको आग्रहमा मर्मत सम्भार समेत थालिएको छ ।
सो कार्यका लागि यहाँको सर्वेश्वर गण र गुरुबक्स गुल्मको टोली परिचालित भएको छ ।
त्यसैगरी डुबानग्रस्त टीकापुर नगरपालिका–६ भर्तापुरमा समेत स्थानीयबासीलाई सुरक्षित स्थानमा स्थानान्तर गरिरहेको सेनाले जनाएको छ ।
यहाँ बाढी र डुबानग्रस्त क्षेत्रमा नागरिकको जिउधनको सुरक्षा एवं क्षति न्युनीकरणका लागि सेना सक्रिय रहेको छ । रासस ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...