श्रीलङ्कामा खडेरीले हजारौँ हेक्टरमा लगाइएको धान नष्ट

Published on

काठमाडौं । श्रीलङ्कामा खडेरीका कारण ४७ हजार एकडभन्दा बढी धानखेती नष्ट भएको छ । कृषिमन्त्री महिन्दा अमरावीराले धानका बिरुवा खेतमा नै नष्ट भएका बताउँदै देशमा चामलको पर्याप्त मौज्दात रहेकाले स्थानीय बजारमा चामलको अभाव नहुने बताउनुभएको छ ।

दक्षिण एसियाली देश श्रीलङ्काको प्रमुख खाद्यान्न धान हो । यसको खेती वर्षमा दुई पटक गरिन्छ । यो याममा पाँच लाख तीन हजार हेक्टर (लगभग १,२४२,९४० एकड) भन्दा बढी धान खेती भएको र अहिले त्यसलाई भित्र्याइन थालेको मन्त्री अमरावीराले पत्रकारहरूलाई बताउनुभयो ।

श्रीलङ्काको मौसम विभागले  देशका केही स्थानमा दैनिक पानी पर्ने तथा अधिकांश ठाउँमा अर्को महिनाको अन्त्यसम्म सुक्खा रहने पूर्वानुमान गरेको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...