म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

Published on

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृहका उपकरणमा प्राविधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन् । लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाले विद्युत् अभावमा रातका समयमा उज्यालो बनाउन, घरायसी काम, विद्यार्थीलाई पठनपाठन र वडा कार्यालयको सेवा प्रवाहमा समस्या भएको गुनासो गर्नुभयो । 

मोवाइल चार्ज गर्न नपाएर सञ्चार सेवा प्रभावित बनेको छ । साविक लुलाङ गाविसमा तीन सय ७० घरपरिवारले परियोजनाको विद्युत् उपभोग गर्दै आएका छन् । गत जेठ महिनामा लुलाङमा केन्द्रिय प्रशारण लाइनको विद्युत् सुविधा पुगेको थियो । लघु जलविद्युतको विद्युत् भएकाले स्थानीयवासीले घरमा मिटर बक्स जडान र वायरिङ गर्न बेवास्ता गरेका थिए । केन्द्रिय लाइनको विद्युत् पुगिसकेकाले लघु जलविद्युत् परियोजना मर्मत गर्न सरकारको आर्थिक कार्यविधीले नदिने भएकाले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर मिटर बक्स जडान गरि विद्युत् विस्तारमा पहल गरिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । 

दरखोला लघुजलविद्युत् परियोजनामा पटक–पटक समस्या आउन आउने भएकाले विद्युतको दिर्घकालिन समस्या समाधानका लागि केन्द्रिय प्रशारण लाइनको विद्युत जोड्न प्राथमिकता दिएको उपाध्यक्ष पुनले बताउनुभयो । गत जेठमै केन्द्रिय लाइन पुगे पनि खोरिया स्थित नेपाल टेलिकमको मोवाइल टावर सञ्चालन बाहेकको काममा प्रयोग भएको थिएन् । गोरखापत्र

spot_img

ताजा समाचार

केन्जोको प्रतिमा निर्माण

काठमाडौं । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पदमचाल (केन्जो) फुलको प्रतिमा निर्माण गरेको छ । हिमाली...

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

काठमाडौं । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन...

फागुन ३ देखि म्याग्दीमा मतदाता शिक्षा अभियान

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता...

टी–२० विश्वकप : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै इङ्ल्यान्ड

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले अहिले दुई पटकको...