रेडियोधर्मी विकिरणले दूषित पानी प्रशान्त महासागरमा फाल्ने जापानको निर्णय

Published on

काठमाडौं । जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको रेडियोधर्मी विकिरणले दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बिहीबारदेखि रेडियोधर्मी विकिरणले दूषित पानी महासागरमा फाल्ने निर्णय गरेको हो । सरकारको सो निर्णयको चौतर्फी विरोध भइरहँदा सरकारले भने रेडियोधर्मी विकिरणले दूषित पानी समुन्द्रमा फाल्ने मिति तय गरेको छ । समुन्द्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरूका साथै मत्स्य व्यवसायी र स्थानीयहरूले सरकारको निर्णयको विरोध गरिरहेका छन् ।

जापानी सरकारले रेडियोधर्मी विकिरणले दूषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरूले विरोध जनाउँदै आन्दोलनसमेत गरेका छन् । सिन्ह्वा

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...