लागु पदार्थ सेवन गरी सवारी चलाउने चालक कारबाहीमा

Published on

काठमाडौं । लागु पदार्थ सेवन गरी सवारी साधन चलाइरहेका ७ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा यात्रालाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको निर्देशनमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे, इलाका प्रहरी कार्यालय पिपरा तथा पिपरा अस्पतालको संयुक्त टोलीले बाणगंगाको  पिपरा स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्ग सडकखण्डमा चेकजाँच गरेको थियो । सो क्रममा ५० वटा सार्वजनिक सवारी साधनका चालकको सामान्य स्वास्थ्य परीक्षण तथा टीएचसी किट प्रयोग गरी लागू पदार्थ सेवन जाँच गरिएको थियो । जाँचका क्रममा ७ वटा यात्रुवाहक (विङ्गर) सवारीका चालकले लागू पदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिई लागु औषध सेवन मुद्दामा सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट पाँच पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक रिपेन्द्र कुमार सिंहले भन्नुभयो, “लागू पदार्थ सेवन गरी सवारी चलाउनु यात्रु तथा सर्वसाधारणको जीवनका लागि गम्भीर जोखिम हो । यस्तो कार्यप्रति शून्य सहनशीलताको नीति अपनाइएको छ र यस्ता चेकजाँच अभियानलाई निरन्तरता दिइनेछ ।” नियन्त्रणमा लिइएका चालकहरूमा अर्घाखाँची सन्धिखर्क नगरपालिका २ का ३० वर्षीय समिर रायमाझी, कपिलवस्तु बाणगंगा नगरपालिका १ का ३२ वर्षीय बलबहादुर ठकुरी, बाणगंगा २ का २२ वर्षीय विकास परियार, बाणगंगा ९ का २२ वर्षीय प्रेम थारु, बाणगंगा २ का २६ वर्षीय रोशन थारु, रुपन्देही सैनामैना नगरपालिका ६ का २४ वर्षीय रनित परियार तथा बाणगंगा ७ का ३२ वर्षीय विमल पौडेल रहेका छन् । सवारी चालकलाई लागु पदार्थ सेवन नगरी जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह समेत गरिएको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...