टर्कीको डढेलो नियन्त्रणमा : चार हजार ८० हेक्टर जमिनमा क्षति

Published on

काठमाडौं । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जङ्गलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ । बिहीबार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जङ्गलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताउनुभएको हो । उहाँले आगलागीबाट ११ वटा गाउँ र कैयौँ घरहरुमा क्षति गरेको जानकारी दिनुभयो । आगो फैलिएसँगै ११ गाउँहरु पूर्णरुपमा खालि गराइएको थियो । डढेलोबाट चार हजार ८० हेक्टर जमिनमा क्षति पुगेको छ ।

डढेको धुवाँका कारण ९७ जना बिरामी भएका छन् । तीमध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । आगलागी भएको क्षेत्र टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्यस्थल पनि हो । यो पुरानो शहर पनि हो । जुन १९९८ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो । सिन्ह्वा

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...