तिरिङ्गेमा दुई घर जलेर नष्ट

Published on

काठमाडौं । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा दुई घर जलेर नष्ट भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका –३ तिरिङ्गेको खानीटोलमा बिहीबार भएको आगलागीबाट एकै परिवारका दुई दाजुभाइको घर जलेर नष्ट भएको हो । तिरिङ्गेका वडाध्यक्ष पूर्णबहादुर तिवारीका अनुसार खानीटोलका स्थानीय देवीप्रसाद इजम लिम्बू र डम्बर लिम्बूको घर जलेर नष्ट भएको छ । दुई दाजुभाइको नजिक रहेको ढुङ्गा, माटो, काठ र जस्तापाताको प्रयोग भएको घर जलेर पूर्णरुपमा नष्ट भएको वडाध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि यथार्थ खुलिनसकेको उहाँले बताउनुभयो । आगलागीबाट घरमा रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट भएको छ । अहिले प्रहरी टोली पुगेर आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको पनि वडाध्यक्ष तिवारीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...