एक सय ६७ यात्रु बोकेको रुसी विमान साइबेरिको मैदानमा आपत्कालीन अवतरण

Published on

काठमाडौं । दक्षिणी रुसको पर्यटकीय सहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एयरबस ३२० मंगलवार बिहान साइबेरियाको खेतमा आपत्कालीन अवतरण गरिएको छ । रुसी अधिकारीहरूले नोवोसिबिर्स्क क्षेत्रको जङ्गल नजिक अवस्थित एक मैदानमा उरल एयरलाइन्सको एयरबस ३२०विमानलाई चालक दलका सदस्यले आपत्कालीन अवतरण गरेका जनाउँदै विमानमा रहेका सबैजना सकुशल रहेका बताएका छन् ।
“सोची–ओम्स्क ‘रुट’मा उडिरहेको उराल एयरलाइन्सको एयरबस ३२० विमानको आपत्कालीन अवतरण सफलतापूर्वक सम्पन्न भयो । सबै यात्रीलाई नजिकैको गाउँमा राखिएको छ । उनीहरूमध्ये कसैलाई पनि चिकित्सा सहायता आवश्यक परेको छैन,”मस्कोको नागरिक उड्डयन निकाय रोजाभिएट्सियाले एक विज्ञप्ति निकालेर भनेको छ । रुसको अनुसन्धान समितिले हवाई ट्राफिक सुरक्षा नियम उल्लङ्घन गरेकोमा उरल एयरलाइन्सविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको छ । समितिका अधिकारीहरूले विमान अवतरण गरिएको स्थानको प्रारम्भिक अनुसन्धान थालिसकेका छन् । विमान कम्पनी उरल एयरलाइन्सले भने प्राविधिक समस्याका कारण आपत्कालीन अवतरण गरेको बताएको छ । उरल एयरलाइन्स येकातेरिनबर्ग सहरमा प्रधान कार्यालय रहेको रुसको आन्तरिक विमान सेवा कम्पनी हो । युक्रेन युद्धलाई लिएर पश्चिमा राष्ट्रले रुसमाथि लगाएका कठोर प्रतिबन्धका कारण उसको उड्डयन क्षेत्रमा ठुलो असर परेको छ । उड्डयन उद्योगलाई आवश्यक पर्ने उपकरण तथा पुराना विमान मर्मतका गर्न चाहिने नयाँ पार्टपुर्जाको अभावमा मस्कोले नागरिक उड्डयन ठुलो समस्या झेलिरहेको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...