इरानले भन्योः इजरायली युद्ध अपराधले क्षेत्रीय दन्द्द बढाउँदै छ

Published on

तेहरान, १६ मंशिर । प्यालेस्टाइनी भुमीमा इजरायलको आक्रामण जारी राखे क्षेत्रीय द्धन्द्ध बढने चेतावनी दिएको छ । 

इरानका विदेश मन्त्रीले इजरायलले प्यालेस्टाइनीहरू विरुद्धको युद्ध अपराध बन्द नगरे गहिरो क्षेत्रीय द्वन्द्व हुने चेतावनी दिएका छन्।

‘यदि गाजा र वेस्ट बैंकमा इजरायली शासनद्वारा गरिएका युद्ध अपराधहरू रोकिएन भने यस क्षेत्रमा युद्धको दायरा अझ गहिरो र विस्तार हुने सम्भावना छ,’ बिदेश मन्त्री हुसेन अमीराब्दुल्लाहियानले शनिबार ईयू विदेश नीति प्रमुख जोसेप बोरेलसँगको फोन वार्तामा भने। 

अमीराब्दुलाह हियनले इजरायलको प्यालेस्टिनीहरूलाई जबरजस्ती उनीहरूको भूमिबाट हटाउने योजना र अभ्यासहरूको निन्दासमेत गरेका छन्, गाजामा इजरायली सैन्य आक्रमणहरू जतिसक्दो चाँडो रोक्नको आवश्यकतामा रहेकोमा पनि उनको जोड छ ।

स्मरणरहोस, इरान समर्थित हिजबुल्लाह र हुथीहरूले गाजामा जारी युद्धमा सक्रिय भूमिका खेलेका छन्।

अक्टोबर ७ देखि हिजबुल्लाहले सीमामा इजरायली स्थानहरूमा लगभग दैनिक रकेट आक्रमणहरू चढाएको छ, जबकि हुथीहरूले लाल सागरमा इजरायली(सम्बन्धित जहाजहरूलाई निशाना बनाइरहेका छन ।
 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...