इरानले भन्योः इजरायली युद्ध अपराधले क्षेत्रीय दन्द्द बढाउँदै छ

Published on

तेहरान, १६ मंशिर । प्यालेस्टाइनी भुमीमा इजरायलको आक्रामण जारी राखे क्षेत्रीय द्धन्द्ध बढने चेतावनी दिएको छ । 

इरानका विदेश मन्त्रीले इजरायलले प्यालेस्टाइनीहरू विरुद्धको युद्ध अपराध बन्द नगरे गहिरो क्षेत्रीय द्वन्द्व हुने चेतावनी दिएका छन्।

‘यदि गाजा र वेस्ट बैंकमा इजरायली शासनद्वारा गरिएका युद्ध अपराधहरू रोकिएन भने यस क्षेत्रमा युद्धको दायरा अझ गहिरो र विस्तार हुने सम्भावना छ,’ बिदेश मन्त्री हुसेन अमीराब्दुल्लाहियानले शनिबार ईयू विदेश नीति प्रमुख जोसेप बोरेलसँगको फोन वार्तामा भने। 

अमीराब्दुलाह हियनले इजरायलको प्यालेस्टिनीहरूलाई जबरजस्ती उनीहरूको भूमिबाट हटाउने योजना र अभ्यासहरूको निन्दासमेत गरेका छन्, गाजामा इजरायली सैन्य आक्रमणहरू जतिसक्दो चाँडो रोक्नको आवश्यकतामा रहेकोमा पनि उनको जोड छ ।

स्मरणरहोस, इरान समर्थित हिजबुल्लाह र हुथीहरूले गाजामा जारी युद्धमा सक्रिय भूमिका खेलेका छन्।

अक्टोबर ७ देखि हिजबुल्लाहले सीमामा इजरायली स्थानहरूमा लगभग दैनिक रकेट आक्रमणहरू चढाएको छ, जबकि हुथीहरूले लाल सागरमा इजरायली(सम्बन्धित जहाजहरूलाई निशाना बनाइरहेका छन ।
 

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...