गाजामा सर्बसाधारण मारेको भन्दै इजरायलसँग फ्रान्स आक्रोशित

Published on

पेरिस, २ पुस ।   युरोप र विदेश मामिलाका लागि फ्रान्सेली मन्त्रालयले रफाहमा एक आवासीय भवनमा इजरायली बम विष्फोटको निन्दा गरेको छ ।

जुन क्षेत्रलाई पहिले सुरक्षित क्षेत्र घोषित गरेको भए पनि सो क्षेत्रमा कार्यरतथ एक फ्रान्सेली कर्मचारीको मृत्यु भए पछि उसले निन्दा गरेको हो ।

‘फ्रान्सले आवासीय भवनमा भएको बम विष्फोटको निन्दा गर्दछफ जसले धेरै अन्य नागरिकको मृत्यु भएको थियो। हामी यो बम विष्फोटको परिस्थितिमा इजरायली अधिकारीहरूले जतिसक्दो चाँडो प्रकाश पारोस भन्ने चाहन्छौं,’ परराष्ट्र मन्त्रालयले आइतवार एक विज्ञप्तिमा भन्यो।

बुधवार साँझ सो घरमा प्रहार भएको थियो, आवासीय स्थानमा सहकर्मी र उनीहरूको परिवारका सदस्यहरूसँग आश्रय गरिरहेका कर्मचारी र अन्य १० जनाको मृत्यु भएको थियो।

उक्त कर्मचारी सन् २००२ देखि गाजामा फ्रान्सेली सरकारसँग काम गर्दै आएका थिए र उनको परिवारका केही सदस्यहरूलाई गाजाबाट बाहिर निकालिएको मन्त्रालयले शोक प्रकट गर्दै भनेको छ ।

गाजामा इजरायलको अन्धधुन्ध बम आक्रमणका कारण बाह्य दबाब बढ्दै गएको बेला मन्त्रालयको वक्तव्य जारी गरेको हो । 

गाजामा मारिएका करिब १९ हजार प्यालेस्टाइनी मध्ये ८० प्रतिशतभन्दा बढी सर्वसाधारण नागरिक रहेको बताउदैँ आइएको छ ।\

फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले आइतवार गाजा युद्धमा ‘तत्काल र दिगो युद्धविराम’ को लागि दबाब दिँदै युद्धग्रस्त प्यालेस्टाइन क्षेत्रको अवस्थालाई लिएर पेरिस गहिरो चिन्तामा रहेको जनाएको छ ।

‘धेरै नागरिकहरू मारिएका छन्,’ कोलोनाले तेल अवीभमा उनको इजरायली समकक्ष एली कोहेनसँगको टिप्पणीको क्रममा भने, ‘इजरायलले अक्टोबर ७ पछि आफ्नो आक्रामक रूपमा दबाब दिँदै यस क्षेत्रमा तनाव फैलाएको छ।’

विदेशमन्त्रीले हमासद्वारा अक्टोबर ७ मा भएको आक्रमणको निन्दा र गाजा पट्टीमा बन्दी बनाएका इजरायली बन्दीका परिवारसँग भेट्ने योजनाको पनि निन्दा गरे।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...