दुई तिहाई इजरायलीहरू गाजा युद्धविरामको पक्षमाः सर्वेक्षण

Published on

तेल अहिव, ७ पुस । दुई तिहाई इजरायलीहरूले गाजा युद्धविराम सम्झौता चाहेको एउटा सर्वेक्षणले देखाएको छ ।

इजरायली दैनिक मारिभले प्रकाशित गरेको लाजर इन्स्टिच्युट पोल अनुसार ६७ प्रतिशत इजरायलीहरू हमासका इजरायली बन्दीहरूका लागि प्यालेस्टिनी बन्दीहरूको आदानप्रदानको पक्षमा छन् र उनीहरू यो विश्ववास गर्छन कि यस कदमले गाजामा युद्धविराम हुनेछ ।

लगभग २२ प्रतिशत उत्तरदाताहरूले युद्धविरामको बदलामा सम्झौता गर्न विपक्षमा रहेको बताएका छन्  भने ११ प्रतिशत उत्तरदाताहरूले आफूहरू अनिश्चित भएको बताएका छन् । 

सो सर्बेक्षणमा ४.३ प्रतिशतको अनुमानित त्रुटि रहेको जनाए पनि सो मिडियाले ५०२ इजरायलीहरूको अनियमित नमूनामा गरिएको सर्वेक्षणमा भाग लिएको जनाएको छ ।

उनीहरुले सो सर्बेक्षणको क्रममा यो पनि भनेको जनाएका छन ७३ प्रतिशत इजरायलीले सम्झौता भइसके पछि मात्र युद्धविराममा सहमति जनाएका छन् भने ११ प्रतिशतले मात्रै वार्ताका क्रममा युद्धविराम गर्न सहमत देखिएका छन ।

सर्वेक्षणले यो पनि देखाएको छ कि ६७ प्रतिशत इजरायलीहरूले बन्धकहरूको दैनिक रिहाइको बदलामा हालको युद्धविराम ढाँचालाई जारी राख्नु पर्ने पक्षमा देखिएका छन भने २२ प्रतिशत विपक्षमा उभिएका छन ।
 

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...