दुई तिहाई इजरायलीहरू गाजा युद्धविरामको पक्षमाः सर्वेक्षण

Published on

तेल अहिव, ७ पुस । दुई तिहाई इजरायलीहरूले गाजा युद्धविराम सम्झौता चाहेको एउटा सर्वेक्षणले देखाएको छ ।

इजरायली दैनिक मारिभले प्रकाशित गरेको लाजर इन्स्टिच्युट पोल अनुसार ६७ प्रतिशत इजरायलीहरू हमासका इजरायली बन्दीहरूका लागि प्यालेस्टिनी बन्दीहरूको आदानप्रदानको पक्षमा छन् र उनीहरू यो विश्ववास गर्छन कि यस कदमले गाजामा युद्धविराम हुनेछ ।

लगभग २२ प्रतिशत उत्तरदाताहरूले युद्धविरामको बदलामा सम्झौता गर्न विपक्षमा रहेको बताएका छन्  भने ११ प्रतिशत उत्तरदाताहरूले आफूहरू अनिश्चित भएको बताएका छन् । 

सो सर्बेक्षणमा ४.३ प्रतिशतको अनुमानित त्रुटि रहेको जनाए पनि सो मिडियाले ५०२ इजरायलीहरूको अनियमित नमूनामा गरिएको सर्वेक्षणमा भाग लिएको जनाएको छ ।

उनीहरुले सो सर्बेक्षणको क्रममा यो पनि भनेको जनाएका छन ७३ प्रतिशत इजरायलीले सम्झौता भइसके पछि मात्र युद्धविराममा सहमति जनाएका छन् भने ११ प्रतिशतले मात्रै वार्ताका क्रममा युद्धविराम गर्न सहमत देखिएका छन ।

सर्वेक्षणले यो पनि देखाएको छ कि ६७ प्रतिशत इजरायलीहरूले बन्धकहरूको दैनिक रिहाइको बदलामा हालको युद्धविराम ढाँचालाई जारी राख्नु पर्ने पक्षमा देखिएका छन भने २२ प्रतिशत विपक्षमा उभिएका छन ।
 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...