अध्यक्ष ओलीसँग सीपीसीको शिष्टाचार भेट : के के भयो कुराकानी ?

Published on

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएकी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हायानको टोलीले आज शिष्टाचार भेट गरेको छ । नेकपा ९एमाले० केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–चीनबीच पारस्परिक सहयोग, नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग र दुई पार्टीबीचको आपसी सम्बन्धलगायत विषयमा कुराकानी भएको भेटमा सहभागी एमाले परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनालले जानकारी दिनुभयो ।

भेटमा सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुनले नेपाल र चीनबीच पारस्परिक सहयोगका विभिन्न आयाममाथि चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले चीनले गरेको आर्थिक विकासबाट नेपालले लाभ लेओस् भन्ने चाहना चीनको रहेको स्पष्ट पार्दै त्यसका लागि नेपालले प्राथमिकता निर्धारण गरेर विकास परियोजनाहरू अगाडि बढाउन सक्यो भने चीन सहयोग गर्न सदैव तयार रहेको जानकारी गराउनुभएको थियो । भेटमा उपमन्त्री सुनले चीनका राष्ट्रपति सी चिनफिङले अध्यक्ष ओलीलाई पठाउनुभएको शुभकामना र सम्झना सुनाउनुभयो ।

सो अवसरमा अध्यक्ष ओलीले नेपालको विकासमा छिमेकी मित्रराष्ट्र चीनले गर्दै भएको सहयोगको प्रशंसा गर्दै नेपालको विकासमा चीनले निरन्तर सहयोग गरिरहने छ भन्ने विश्वास रहेको बताउनुभयो । अध्यक्ष ओलीले नेपालले सधै एक चीन नीतिलाई कार्यान्वयन गर्दैआएको र नेपालको भूभागमा चीनविरूद्धका गतिविधिमा रोक लगाएको बताउनुभयो । उहाँले चीनले गरेको अभूतपूर्व विकासको प्रशंसा गर्दै चिनियाँ विकास अनुभवबाट नेपालको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरूबिच दुई पार्टीबिचको सम्बन्धका विषयममा पनि कुराकानी भएको खनालले बताउनुभयो ।

भेटका क्रममा अध्यक्ष ओलीसहित एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, सचिव अन्जान शाक्य र सदस्य गोपाल खनालको सहभागिता थियो । त्यस्तै, चिनियाँ उपमन्त्री सुनका साथमा नेपालका लागि चीनका राजदूत चेन सोङलगायत दूतावासका अधिकारीहरूको सहभागिता थियो ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...