इरानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता

Published on

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री अनवर–उल–हक काकरले इरानसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्न आफ्नो देशको सुदृढ प्रतिबद्धता दोहोर्‍याउनुभएको छ । इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको भेटमा प्रधानमन्त्री काकारले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तहरू विशेष गरी दुवै देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मानमा आधारित सहकार्य र सहयोगात्मक दृष्टिकोणबाट साझा चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

त्यस्ता कूटनीतिक सिद्धान्तहरूको महत्त्वलाई उजागर गर्दै पाकिस्तानी प्रधानमन्त्रीले दुवै राष्ट्रको सार्वभौमसत्ता अक्षुण्ण राख्न र स्थापित अन्तर्राष्ट्रिय मान्यताहरूको सम्मान गर्दै साझा प्रतिबद्धताको महत्त्वलाई जोड दिनुभएको बताइएको छ । साथै उहाँले इरानी राष्ट्रपति इब्राहिम रायसीलाई सकेसम्म चाँडो पाकिस्तान भ्रमण गर्न निमन्त्रणा पनि दिनुभएको छ ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...