निम्नस्तरका कर्मचारी निजी काममा प्रयोग गरेको भन्दै जिसस प्रमुख बोहरा बिरुद्ध अख्तियारमा उजुरी

Published on

काठमाडौँ। जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले कार्यालयमा रहेका निम्न स्तरका कर्मचारीहरुलाई निजी काममा प्रयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ । जिसस प्रमुख बोहराले कार्यालयका निम्न स्तरका कर्मचारी कार्यालय सहयोगी र चालकहरुलाई निजी काममा प्रयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको कार्यालय टङगालमा उजुरी परेको हो । जिसस प्रमुख बोहराले आफ्नो निजी काम र व्यवसायीक काममा दुरुपयोग गर्दै आएको उजुरी बाहिरिएको छ ।

जिसस प्रमुख बोहराले आफ्नो निजी घर र पसलमा काममा लगाउने गरेको आरोप रहेको छ । उजुरीको पत्रमा चालक देव महतालाई निजी कामका लागि भारत पठाउने गरेको, सरकारी सवारी साधनको नम्बर प्लेट समेत परिर्वतन गर्ने गरेको छ । चालक महतालाई जिसस प्रमुखको निजी व्यवसाय सरकारी सेवाका कर्मचारीहरुलाई निजी व्यक्तिगत काममा लगाउने गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले ४ पुष ०८० मा प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गर्दै आवश्यक कार्बाही गर्न निर्देशन दिएको छ । अख्तियारको पत्रलाई प्रशासनले जिल्ला समन्वय समिति कञ्चनपुरलाई प्रतिकृया पठाउन समेत निर्देशन दिएको छ । निम्नस्तरका कर्मचारीहरुलाई काममा लगाएको भन्दै कर्मचारी संघ संगठनहरुले समेत असन्तुष्टी जनाएका छन ।

यसरी कुनैपनि उच्च पदस्थदेखि जिम्मेबार व्यक्तिबाट निजी काममा लागि प्रयोग गर्न नहुने तर्क राखेका छन । नेपाल निजामती कर्मचारी संगठनको आधिकारित टे«ड यूनियनका अध्यक्ष खगेन्द्र पण्डितले सरकारी कर्मचारीलाई कुनैपनि निजी काममा प्रयोग गर्न नहुने बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले आफुले कुनैपनि निम्नस्तरका कर्मचारीहरुलाई निजी काममा नलगाएको स्पष्ट पारेका छन । जिसस प्रमुख बोहराले आफुले निजी कामका लागि घर र पसलमा कर्मचारी लगाउने अख्तियारमा झुटा आरोप सहित मुद्दा दायर गरेको बताए ।

‘मैले सरकारी कर्मचारीलाई निजी काममा लगाएको विषय पुरै झुटा हो, ‘उनले भने, ‘यसरी सरकारी कर्मचारी निजी काममा लगाएको आरोप सहित अख्तियारमा दायर गरेको मुद्दा हाँस्यास्पद भएको छ ।’ आफुहरुको व्यापार व्यवसायी बाजेकै पालादेखि भएकाले कसैलाई रिस रहेको उनको भनाई छ । आफ्ना बिरुद्धमा राजनीतिक पूर्वाग्रही राखेर आक्र्रोस पोखिएको बताए । जिसस प्रमुख बोहराले आफुले कर्मचारी निजी काममा लगाएको विषयमा सम्बन्धीत कर्मचारीलाई सोध्न समेत आग्रह गरेका छन । जिसस प्रमुख बोहराले अख्तियारबाट प्रशासनले सोधेको प्रतिकृया कार्यालयले दिईसकेको बताए ।

spot_img

ताजा समाचार

टी–२० विश्वकप : अस्ट्रेलिया जिम्बाबेसँग स्तब्ध

काठमाडौं । उपाधि दावेदार अस्ट्रेलिया आइसिसी टी–२० विश्वकपमा समूह चरणको आफ्नो दोस्रो खेलमा जिम्बाबेसँग...

मिनी म्याराथनमा बकैयाका गोले प्रथम

काठमाडौं । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा भएको प्रथम बागमती खुला मिनी म्याराथन (दौड) प्रतियोगितामा...

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह...

बालमैत्री गण्डकी प्रदेश निर्माण गर्ने प्रतिबद्धता

काठमाडौं । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री...