कर्णाली र लुम्बिनी प्रदेशका सञ्चारकर्मीलाई रक्षा सम्बन्धी अभिमुखीकरण

Published on

काठमाडौं । नेपाली सेनाले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका सञ्चारकर्मीहरुलाई संयुक्त रुपमा रक्षा संवाददाता सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्न सुरु गरिएको छ ।सञ्चारकर्मीहरुले रक्षा सम्बन्धी विषयवस्तु स्पष्ट रुपमा बुझ्न र त्यसलाई लेखन तथा वाचन कार्यमा उतार्नका लागि तीन दिने अभिमुखीकरण तालिम प्रदान गरिएको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको समन्वय र उत्तरपश्चिम पृतना मातहतका जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई रक्षा सम्वाददाता सम्बन्धी अभिमुखीकरण तालिम बाँकेको राझा एयरपोर्टको श्रीनम्बर चार बाहिनी अड्डामा आयोजना गरिएको छ ।

निर्देशनालयका प्रमुख सेनानी सागर कार्कीले सञ्चारकर्मीहरुलाई रक्षा सम्बन्धी गतिविधि जानकारी गराउनु अति आवश्यक रहेको कारण यो तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले कतिपय कुरामा सेना सम्बन्धी गतिविधिहरु स्पष्ट रुपमा नआउने भएको कारण सञ्चारकर्मीहरुलाई पहिले स्पष्ट गर्न आवश्यक देखिएको कारण तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिमको पहिलो दिन नेपाली सेनाको परिचय, नेपाली सेना सम्बन्धी कानुन कार्यान्वयन प्राड विभागको भूमिका, नेपाली सेनाको तैनाथी सम्बन्धी जानकारी, नेपाली सेनाको संरचना, रक्षा सम्वादाताहरुलाई सम्वादाता अभिमुखीकरण तालिमको महत्व, जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका सम्बन्धी जानकारी गरिएको थियो ।

तालिममा पृतना अन्र्तगत पर्ने कर्णाली प्रदेशका आठ वटा जिल्ला सुर्खेत, जाजरकोट, दैलेख, जुम्ला, हुम्ला, मुगु, कालिकोट, डोल्पा र लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका १९ जना सञ्चारकर्मीहरुको सहभागीता छ । तालिम माघ १८ गतेसम्म सञ्चालन हुनेछ । यसअघि मङ्गलबार बिहान उत्तरश्चिम पृतनाका कृष्णदेब भट्टले तालिमको उद्घाटन गर्नुभएको हो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...