तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैनः मन्त्री गुरुङ

Published on

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले मन्त्रिपरिषदमा परिवर्तन गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा नीहित रहेको बताउनुहुँदै मन्त्रिपरिषद् हेरफेरका विषयमा कुरा उठेपनि अहिले त्यो सम्भावना टरेको बताउनु भयो । ‘‘यो गठबन्धन सरकार हो, गठबन्धनमा रहेका सबै दलसँग सहमति भएमा मात्र मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ,’’ मन्त्री गुरुङले भन्नुभयो, ‘‘गठबन्धन दलहरुमा तत्काल अहिलेकै मन्त्रिपरिषदलाई अघि लिएर जाने सहमति भयो।’’

मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक अब हुने संसद अधिवेशनमा प्रस्तुत हुने जानकारी दिनुहुँदै त्यसका लागि शीर्ष राजनैतिक दलका नेताहरुबिच सहमतिको प्रयास भइरहेको बताउनु भयो । उहाँले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक भरसक सहमतिमा पेस गर्ने र सहमति नभए पनि प्रकयामा गएर प्रस्तुत गर्ने जानकारी दिनुभयो । नेपाली कांग्रेसका उपसभापति समेत रहनु भएका मन्त्री गुरुङले कांग्रेसको महासमिति बैठक फागुन ७ का लागि तोकिएको र अब नसर्ने स्पष्ट गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको अध्यक्षता र सचिव कपिल ज्ञवालीको सञ्चालनमा पत्रकार सम्मेलन कार्यक्रम भएको थियो ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...