३० अंकले घटेर सेयर बजार बन्द,कारोबार रकम ४ अर्बमा झर्यो

Published on

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १.२४ प्रतिशतले घटेर ३७३.९३ विन्दुमा झरेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि निरन्तर बढेको सूचक बुधबार आएर २१.६७ अंकले घटेर बन्द भएको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। आज ४ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको हो। बुधबार ५ अर्ब २९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँमा कारोबार भयो। दोहोरो अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ६.१० प्रतिशतले बढ्यो। यसदिन सामलिङ पावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य ९.४२ प्रतिशतले घट्यो। यसैगरी मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ६.८८ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५४ करोड बढि मूल्यको सेयर कारोबार भयो। नगदी ग्रुपको र नेपाल रिइन्स्योरेन्सको १४ करोड, एनआरएन इन्फ्रास्टक्चरको र अरुण कावेलीको ८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। १२ वटा उपसमूहको सूचक नकारात्मक देखिदा एउटा उपसमूहको मात्रै सूचक बढ्यो। हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक २.३५ प्रतिशतले घटयो।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...