क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

Published on

काठमाडौँ । क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडाले नेपाललाई जितका लागि दुई सय ३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ३२ रन बनायो । क्यानडाका लागि नवनित धनिवालले ५० रन बनाउनुभयो । यस्तै निखिल दत्तले ४५, कप्तान साद विन जाफरले अविजित ३१, हर्ष ठाकेरले २९, श्रीयास मोभाले २५ र श्रीमान्थ विजयरत्नेले २२ रन बनाउनुभयो ।

बलिङमा नेपालका हेमन्त धामीले तीन विकेट लिनुभयो । धामीले क्यानडाविरुद्ध नेपालका लागि डेब्यु गर्नुभएको हो । कुशल मल्ले दुई तथा ललित राजवंशी र आकाश चन्दले एक एक विकेट झार्नुभयो । नेपाले तीन खेलको सिरिज एक खेल अगावै जितिसकेको छ । पहिलो खेल सात रन र दोस्रो खेल चार विकेटले जितेको नेपाल सिरिजमा २-० ले अगाडि छ । नेपाल आज क्यानडाविरुद्ध तेस्रो जित निकाल्दै सिरिजमा ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा छ । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुवुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा पनि अन्तिम खेल जित्दै सिरिजको सुखद अन्य गर्ने दाउमा छ ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...