स्वादिष्ट परिकार बनाउँदै–बेच्दै विद्यार्थी

Published on

काठमाडौं। खोटाङमा रैथाने बाली कोदोबाट स्वादिष्ट परिकार बनाएर विद्यार्थीले आम्दानी गर्न थालेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउन्डेसनका विद्यार्थीले कोदोको पिठोको मःम, बिस्कुट लगायतका स्वादिष्ट परिकार बनाएर विक्री गर्न थालेका छन् । जिल्लामा अत्यधिक कोदो फल्ने भए पनि यसको प्रयोग जाँड–रक्सीमा मात्र हुँदैआएको थियो । शुभम् फाउन्डेसनले सञ्चालन गरेको शुभम् क्याफेमा अहिले कोदोका विभिन्न स्वादिष्ट परिकार बनाउन थालिएको हो । फाउन्डेसनका विद्यार्थीले स्वादिष्ट परिकार बनाउन थालेपछि अहिले क्याफेमा परिकार खान जानेहरूको भीड लाग्न थालेको छ । केही समयअघि जैविक विविधता केन्द्र काठमाडौँले रैथाने बालीको परिकार तयार पार्ने तालिमको आयोजना गरेको थियो ।

सोही तालिममा सहभागी शुभमका विद्यार्थी विकास राईले अहिले धमाधम क्याफेमा कोदोका परिकार बनाइरहेका छन् । राईबाट सिकेर अन्य विद्यार्थीले पनि पालो दिने गरेका छन् कोदोबाट बिस्कुट, मःम, नम्किन, डुनोट, केकलगायतका परिकार बनाउन सकिने राईको भनाइ छ । तत्काललाई भने परीक्षणका लागि बिस्कुट र मःम मात्र बनाइरहेको राईले बताउनुभयो ।

मादक पदार्थमा प्रयाेग भइरहेको कोदोलाई स्वास्थ्यकर खानाका रूपमा प्रयोग गर्दै व्यावसायिक रूपमा उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न परिकार बनाउन थालिएको फाउन्डेसनका कार्यकारी निर्देशक सूर्य राईले बताउनुभयो । हाल क्याफेमा कोदोका मःम र बिस्कुट बिक्री भइरहेको छ । खोटाङमा हाल १९ हजार १८४ हेक्टर क्षेत्रफलमा कोदो खेती हुन्छ । यो वर्ष जिल्लामा ३४ हजार १४६ मेटिकटन कोदो उत्पादन भएको छ । तर सही सदुपयोग गर्न नजान्दा आम्दानी खासै नभएको कृषक बताउँछन् । कोदोलाई सही सदुपयोग गर्न नसक्दा कोदो खेतीबाट कृषकले लगानी उठाउन सकेका छैनन् ।

अधिकांश कृषकको भनाइअनुसार गाउँघरमा आजभोलि कोदोको प्रयोग जाँड–रक्सीमा मात्र भइरहेको छ । तर त्यसबाट पनि उल्लेखनीय आम्दानी छैन । रोटी, ढिँडो र कोदोको पिठोको अन्य परिकार बनाएर खाने चलन बिस्तारै हराउँदै गएको छ । कृषकले कोदोको विकल्प खोज्न थालेको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी सञ्जयकुमार पण्डितले बताउनुभयो । रावाबेसी गाउँपालिका –३ लामिडाँडाका कृषक कुमार श्रेष्ठले भन्नुभयो, ‘कोदो खाँदा के फाइदा हुन्छ भनेर अहिलेका युवालाई थाहा नै छैन । कोदोले दिने बल चामलको भातले कहाँ दिन्छ। आयुर्वेद चिकित्सक उमेश मेहताको भनाइअनुसार सुगरको बिरामीका लागि सबैभन्दा फाइदा कोदोको परिकारले गर्छ । स्वास्थ्यको हिसाबले कोदोको परिकारले हरेक व्यक्तिलाई राम्रो गर्ने उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...