दलित बस्ती डोगडी बाढीपहिरोको उच्च जोखिममा

Published on

काठमाडौँ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ डोगडीस्थित दलित बस्तीका स्थानीयहरू बाढीपहिरोको चिन्तामा छन्। वर्षाको समयमा गाउँ माथिबाट आउँने पहिरो सिधै बस्ती भित्र प्रवेश गर्ने र ठुलो क्षति पुर्‍याउने भएकाले स्थानीयहरूले यसबाट कसरी बच्ने भन्नेबारे चासो व्यक्त गर्न थालेका छन्। स्थानीय पदम सार्कीले भन्नुभयो, “खोला र पहिरोको कारण यो बस्ती वर्षाको समयमा सधैं जोखिममा पर्ने गरेको छ। हिउँदमा पानी कम हुने भएकाले त्यतिबेला समस्या कम हुन्छ, तर वर्षाको समयमा खोलामा पानी बढ्ने र गाउँ माथि रहेको पहिरो पनि ठुलो रुप लिएर बस्तीमा आउँछ।”

गत वर्ष पनि बाढीपहिरोको डरले गाउँका केही परिवारहरू माथिल्लो लेकमा त्रिपालमुनी बस्नु परेको थियो। यस वर्ष पानी परिरहेको बेला नै बस्तीमा जोखिम बढ्दै गएको स्थानीयले बताएका छन्। यो समस्या डोगडी बस्ती मात्र नभई माथि रहेको पार्थोता, धनाल्त, गुईबन सुदारा, पाटा जस्ता बस्तीहरूमा पनि देखिएको छ। यहाँको ठूलो पहिरो हिउँदमा पनि खस्ने गरेको छ र वर्षा मात्र भए पनि पहिरो लाग्ने गरेको बताइएको छ। गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले भन्नुभयो, “गत साउनदेखि भदौसम्म लगातार वर्षाका कारण माथिबाट सुरु भएको पहिरोले झण्डै पचासभन्दा बढी घरपरिवार जोखिममा परेको छ। डोगडी स्वास्थ्यचौकी र विद्यालय पनि उच्च जोखिममा छन्। वर्षाको समयमा बिरामीहरू उपचारका लागि आउँदा डरका कारण समस्यामा पर्ने गरेका छन्।”

अध्यक्ष रावतले बस्ती स्थानान्तरणका लागि जिल्ला प्रशासन कार्यालय बाजुरासँग पत्राचार गरेको जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो, “डोगडी मात्र नभई झण्डै १३५ बस्ती बाढीपहिरोको जोखिममा छन्। स्थानान्तरणका लागि विपद व्यवस्थापनबाट प्राविधिक टोली आउने छ। टोलीले अनुगमन गरेर कुन बस्ती सार्ने र कुन यथावत राख्ने भन्ने निर्णय गर्नेछ। त्यसपछि मात्र सुरक्षित स्थानमा स्थानान्तरण प्रक्रिया अगाडि बढाइने योजना छ।” गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...