बोनसपछि ८० प्रतिशत हकप्रद

Published on

काठमाडौं । हिमालयन रिइन्सुरेन्सले बोनस सेयर प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारणसभा बोलाएको छ। सभा राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०७९÷०८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ।

यसैगरी आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ। यता बोनस सेयर वितरणपश्चात् कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेस हुनेछ। सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज हुनेछ। तसर्थ, फागुन ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। नियामक निकाय बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी २० अर्ब पुर्‍याउन निर्देशन दिएपछि हिमालयनले हकप्रदको बाटो रोजेको हो। प्राधिकरणको निर्देशनअनुसार पुनर्बिमा कम्पनीले २०८१ माघ मसान्तअघि चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउनु पर्नेछ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...