सेयर बजार ३० अंकले घट्यो, सबै उपसमूहका सूचक नकारात्मक

Published on

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। सोमबार १३ अंकले बढेको नेप्से परिसूचक आज ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा कायम भएको हो।सेन्सेटिभ इण्डेक्स १.५९ प्रतिशतले घटेर ३६९.९९ विन्दुमा पुगेको छ। नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ।

यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ६५ हजार २०२ कित्ता सेयर ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ३ अर्ब ५० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। त्यसअघि आइतबार ४ अर्ब बढि रुपैयाँको कारोबार भएको थियो। दोहोरो अंकले घटेको बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल (बालाजु) ,समाज लघुवित्त वित्तीय संस्था र सुपर माइ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

यसदिन गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य ९.७० प्रतिशतले घट्यो। सबै उपसमूहका सूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक,फाइनान्स, इन्भेस्टमेन्ट उपसमूहको सूचक २ प्रतिशत बढिले बढे। कारोबारमा आएका कम्पनीमध्ये ४० वटाको मूल्य बढ्दा २०३ को मूल्य घट्यो भने ५ वटाको मूल्य भने स्थिर रह्यो।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...