सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम घट्यो

Published on

काठमाडौं। मंगलबार दोहोरो अंकले ओरालो लागेको सेयर बजार आज सामान्य अंकले उकालो लागेको छ। तेस्रो कारोबार दिन मंगलबार ३० अंकले घटेको नेप्से परिसूचक आज ५.९१ प्रतिशतले बढेको हो। नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएपनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ। यसदिन ३०२ कम्पनीको १ करोड २३ लाख ३ हजार २७ कित्ता सेयर ४ अर्ब २५ करोड ७ लाख २२ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन ४ अर्ब ६६ करोड मूल्य बढिको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक सामान्य अंकले बढेपनि आज चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल फाइनान्स,बोटलर्स नेपाल,पाँचथर पावर र समाज लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसदिन पिपुल्स पावरका लागनीकर्ताले भने गुमाए। सो कम्पनीको मूल्य ५.८१ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १७ करोड १७ लाख मूल्य बराबरको सेयर कारोबार भयो। गुराँस फाइनान्सको १२ करोड,प्राइम कमर्सियल बैंक प्रमोटरको ११ करोड,जोशी हाइड्रोपावर र नेपाल फाइनान्सको १०/१० करोड मूल्यको सेयर कारोबार भयो। १३ उपसमूहमध्ये ७ वटाको सूचक बढ्दा ६ उपसमूहको सूचक नकारात्मक देखिए। कारोबारमा आएका १३१ कम्पनीको मूल्य बढ्दा ११२ वटाको घट्यो भने ४ को मूल्य स्थिर रह्यो।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...