कांग्रेसको महासमिति बैठकमा ५६ पृष्ठको नीति प्रस्ताव पेस गरिने

Published on

काठमाडौं। नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारी तीव्र पारेको छ। महासमिति प्रचार प्रसार उपसमितिले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै बैठकको तयारी तीव्ररूपमा अघि बढाएको जनाएको हो। बैठकमा आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेस हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

नीति अधिवेशनका रूपमा सम्पन्न हुने महासमिति बैठकमा प्रस्तुत हुने उक्त प्रस्तावले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनतामाझ पार्टीले विश्वासीलो र भरपर्दो गरि काम गर्ने विश्वास दिलाउने विश्वकर्माले बताए। राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता भन्ने नाराका साथ आयोजना हुने महासमिति बैठकमा करिब दुई हजार तीन सय जना सहभागी हुने उनले जानकारी दिए। महासमिति बैठकका लागि गठित विभिन्न तयारी समिति तथा उपसमितिहरूले पनि तीव्रताका साथ काम गरिरहेको कांग्रेसले जनाएको छ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...