गाजा युद्धविराममा भिटो लगाएकोमा अरब मुलुकद्वारा अमेरिकाको निन्दा

Published on

काठमाडौं । दक्षिणी गाजा सहर राफामा इजराइली आक्रमणको आशङ्काबाट प्यालेस्टिनी क्षेत्रमा मानवीय सङ्कट गहिरिन सक्ने चिन्ता बढेका बेला गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अर्को प्रस्तावमा भिटो लगाएकामा अरब मुलुकहरूले अमेरिकाको निन्दा गरेका छन् ।

मङ्गलबार न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन सत्रमा अल्जेरियाले अरब मुलुकहरूका तर्फबाट पेस गरेको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यबीच १३ मत प्राप्त भएको छ । अमेरिकाले उक्त प्रस्तावविरुद्ध मतदान गर्यो भने बेलायत अनुपस्थित थियो । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...