हिमपातले अवरुद्ध हवाइ सेवा सञ्चालन

Published on

काठमाडौं । हिमाली जिल्ला हुम्लामा अवरुद्ध भएको चौथो दिनमा हवाई सेवा सुचारु भएको छ। शुक्रबार हिमपात रोकिनु र विमानस्थलको रन वेमा जमेको हिउँ पग्लिएपछि १२ बजे उडान भएको हो। सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निसान झाले हिमपातको कारण अवरुद्ध भएको चौंथो दिनमा हवाई सेवा सञ्चालनमा आएको बताउनुभयो। गत सोमबार रातिबाट भइरहेको हिमपातको कारण हुम्ला जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध हुँदै आएको थियो। उहाँले शुक्रबार बिहानैबाट हिमपात रोकिनु र विमानस्थमा जमेको हिउँ पग्लिएको कारण हवाई सेवा सुचारु भएको बताउनुभयो। सीता एयरले नेपालगञ्जबाट हिउँसो पौने बाह्र बजे यात्रु उडान भएको हो। हवाई सेवा सुचारु भएपछि दुवै तिरका हवाई यात्रुलाई सहज भएको छ। गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...