हिमपातले अवरुद्ध हवाइ सेवा सञ्चालन

Published on

काठमाडौं । हिमाली जिल्ला हुम्लामा अवरुद्ध भएको चौथो दिनमा हवाई सेवा सुचारु भएको छ। शुक्रबार हिमपात रोकिनु र विमानस्थलको रन वेमा जमेको हिउँ पग्लिएपछि १२ बजे उडान भएको हो। सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निसान झाले हिमपातको कारण अवरुद्ध भएको चौंथो दिनमा हवाई सेवा सञ्चालनमा आएको बताउनुभयो। गत सोमबार रातिबाट भइरहेको हिमपातको कारण हुम्ला जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध हुँदै आएको थियो। उहाँले शुक्रबार बिहानैबाट हिमपात रोकिनु र विमानस्थमा जमेको हिउँ पग्लिएको कारण हवाई सेवा सुचारु भएको बताउनुभयो। सीता एयरले नेपालगञ्जबाट हिउँसो पौने बाह्र बजे यात्रु उडान भएको हो। हवाई सेवा सुचारु भएपछि दुवै तिरका हवाई यात्रुलाई सहज भएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...