विद्यार्थीकाे हेल्थ प्राेफाइल बनाउँदै परशुराम नगरपालिका

Published on

काठमाडौं । डडेल्धुरा जिल्ला स्थित परशुराम नगरपालिकाले नगरका सबै विद्यार्थीकाे हेल्थ प्रोफाइल बनाउने भएकाे छ । स्वास्थ्यकर्मीकाे टिमले प्रत्येक विद्यार्थीकाे स्वास्थ जाँच गरि विद्यार्थीकाे अनलाइन रिपोर्ट कार्ड तयार गर्ने गरि हेल्थ प्राेफाइल बनाउन लागिएको हाे । नगर प्रमुख भरत बडाएर जाेशीका अनुसार परशुराम नगरपालिकाले विद्यार्थी हेल्थ प्रोफाइल कार्यक्रमको शुरुवात सिद्धनाथ मा. वि. जयपुर जोगबुडा बाट सुरु गरेकाे छ ।
“अहिले नगरकाे जाेगबुडाकाे सिद्धनाथ विद्यालय क्षेत्रबाट हेल्थ प्राेफाइल निर्माणकाे काम हामीले सुरु गरेका छाैँ ।” नगर प्रमुख जाेशीले भने, हेल्थ प्राेफाइल निर्माणकाे काम यसैगरी नगर भरि नै सञ्चालन गर्ने याेजना रहेकाे छ ।”
बिद्यार्थी हेल्थ प्रोफाइल कार्यक्रम अन्तर्गत प्रत्येक विद्यार्थीकाे आँखा, कान, दाँत, उचाई तथा तौल, व्यक्तिगत सरसफाई, पोषणको अवस्था, एन्थ्रोपोमेट्रि, क्लिनिकल हिस्ट्री लगायतका अन्य आवश्यक जाँच जस्ता काम गरिने समेत नगर प्रमुख जाेशीले बताए ।

नगरभरिका विद्यार्थीलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ एवम् बलियो बनाउने हेल्थ प्राेफाइलकाे उदेश्य रहेकाे परशुराम नगरपालिकाले जनाएको छ ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...