सुदूरपश्चिमका नेता भट्ट घण्टीभन्दा पछाडि

Published on

काठमाडौं । राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै आउनुभएका सुदूरपश्चिम प्रदेशको प्रभावशाली नेता लेखराज भट्ट यस पटकको निर्वाचनमा घण्टीभन्दा पछाडि पर्नुभएको छ । नेकपा (एमाले) को उपमहासचिव समेत रहनु भएका उहाँ कैलाली क्षेत्र नम्बर ४ मा सोही पार्टीबाट चुनाव लड्नु भएको हो । आज विहान पौने ८ बजे सम्मको मत परिणामअनुसार नेता भट्ट तेस्रो स्थानमा हुनुहुन्छ । 

यस क्षेत्रबाट दुई पटक निर्वाचन जित्नु भएका उहाँले १७ हजार ३०६ मत गणना हुँदा दुई हजार ७८८ मत प्राप्त गर्नुभएको छ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको पछि–पछि राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै आउनूभएका उहाँले क्षेत्र नम्बर ४ बाट पाँचौं पटक निर्वाचन लडिरहनू भएको छ । यसअघि भट्टले दुई पटक जित प्राप्त गर्नुभएको थियो । दुई पटक पराजित हुनु भएको थियो । 

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खेमराज कोइरालाले नौ हजार ६४ मतका साथ अग्रता लिइ रहनुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्टले तीन हजार ४०१ मत प्राप्त गरेर पछ्याइ रहनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हरिराम चौधरीले एक हजार १३८ मत प्राप्त गर्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...