आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्ससँग हार्‍यो नेपाल

Published on

काठमाडौं । आइसिसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नामिबिया, नेदरल्यान्ड्स सम्मिलित सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार जितका लागि नेपालले दिएको एक सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७।५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले अविजित ५८ रन बनाउनुभयो । उहाँले ९२ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । साइब्रान्ड एङ्गेलब्रेख्तले अविजित ४६ तथा ओपनर माइकल लेभिटले ३९ र म्याक्स ओ डोउडले २८ रन जोड्नुभयो । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र ललितनाराण राजवंशीले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ४९।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाउनुभयो । उहाँले ९३ बलमा आठ चौकाको सहयोगमा उक्त अर्धसतकीय इनिङ्स खेल्नुभएको हो । उहाँको यो अन्तर्राष्ट्रिय एक दिवसीयमा आठौँ अर्धसतक हो ।

यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र कप्तान रोहितकुमार पौडेलले १६ रन जोड्नुभयो । बलिङमा नेदरल्यान्ड्सका लागि आर्यन दत्त र भिभियन किंगमाले तीन तीन विकेट लिनुभयो । बास डी लिडेले दुई तथा रोलोफ भान डेर मार्वेले एक विकेट लिनुभयो । यस हारसँगै नेपालले चार खेलमा दुई अङ्क बनाएको छ । नेपाल तालिकाको तेस्रो सथनमा छ । नेपाल यस सिरिजमा नामिबयासँग चार र दुई विकेटले पराजित भएको थियो । नेपालले नेदरल्यान्ड्सलाई अघिल्लो खेलमा नौ विकेटले हराएको थियो । नेदरल्यान्ड्स चार अङ्क जोड्दै दोस्रो स्थानमा छ । ६ अङ्क बनाएको बनाएको नामियबा शीर्षस्थानमा छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...