सिमकोट हिल्सा सडक बन्द

Published on

काठमाडौं । सिमकोट हिल्सा सडकको नारा खण्डमा सडक बन्द भएको छ । सो खण्डको सडकमा बाक्लो हिउँ जमेपछि यातायात सेवा बन्द भएको हो ।

सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक गुन्जन प्रताप मल्लले अघिल्लो मङ्गलबार यता चार दिन लगातार परेको हिमपातको कारण सिमकोट हिल्सा सडक खण्डको नारा लेक खण्डको सडक बन्द भएको बताउनुभयो । नारा क्षेत्रको तीन किलो मिटर सडकमा तीन फिटसम्म हिउ जमेको छ । नारा लेक क्षेत्र चार हजार छ मिटर उचाईमा पर्छ । उहाँले सो सडकमा हिउँ जमेको कारण यारी हिल्सा सडक बन्द भएको बताउँदै यसबाट सुरक्षाकर्मीहरुलाई गस्ती गर्न समस्या भएको बताउनुभयो । हिमपात कै कारण हिल्सामा रहेको सशस्त्र प्रहरीको सिमा सुरक्षा चौकीसँग सञ्चार सम्पर्क हुन सकेको छैन । यद्यपि उहाँले इन्टरनेटले काम गरेको कारण चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद बिष्टसँग शनिबार सम्पर्क भएको भएपनि आज भने नभएको बताउनुभयो ।

हिल्सामा २५ जना सशस्त्र प्रहरी, सात जना हिल्साका स्थानीय र नेपाल प्रहरीका जवानहरु बस्दै आएका छन् । गत पुस महिनामा हिमपात नभएको कारण माघ महिनासम्म हिल्साबाट यातायातका साधन चल्दै आएका थिए ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...