सिमकोट हिल्सा सडक बन्द

Published on

काठमाडौं । सिमकोट हिल्सा सडकको नारा खण्डमा सडक बन्द भएको छ । सो खण्डको सडकमा बाक्लो हिउँ जमेपछि यातायात सेवा बन्द भएको हो ।

सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक गुन्जन प्रताप मल्लले अघिल्लो मङ्गलबार यता चार दिन लगातार परेको हिमपातको कारण सिमकोट हिल्सा सडक खण्डको नारा लेक खण्डको सडक बन्द भएको बताउनुभयो । नारा क्षेत्रको तीन किलो मिटर सडकमा तीन फिटसम्म हिउ जमेको छ । नारा लेक क्षेत्र चार हजार छ मिटर उचाईमा पर्छ । उहाँले सो सडकमा हिउँ जमेको कारण यारी हिल्सा सडक बन्द भएको बताउँदै यसबाट सुरक्षाकर्मीहरुलाई गस्ती गर्न समस्या भएको बताउनुभयो । हिमपात कै कारण हिल्सामा रहेको सशस्त्र प्रहरीको सिमा सुरक्षा चौकीसँग सञ्चार सम्पर्क हुन सकेको छैन । यद्यपि उहाँले इन्टरनेटले काम गरेको कारण चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद बिष्टसँग शनिबार सम्पर्क भएको भएपनि आज भने नभएको बताउनुभयो ।

हिल्सामा २५ जना सशस्त्र प्रहरी, सात जना हिल्साका स्थानीय र नेपाल प्रहरीका जवानहरु बस्दै आएका छन् । गत पुस महिनामा हिमपात नभएको कारण माघ महिनासम्म हिल्साबाट यातायातका साधन चल्दै आएका थिए ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...