अस्पतालको भवन निर्माणमा बजेट अभाव

Published on

काठमाडौं । दैलेखको आठबिस नगरपालिकाको राकमकर्णालीमा निर्माणाधीन अस्पताल भवन निर्माणमा बजेट अभाव भएको छ । नगरपालिकाको वडा ४ मा रहेको राकमकर्णाली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शय्याको अस्पताल बनाउन लागिएको हो ।

अस्पताल निर्माणको काम २०७८ मङ्सिरमा सुरु भएको थियो । २०८० फागुन २९ गते सम्झौता अवधि सकिदैछ । हालसम्म भवन निर्माण सम्पन्न भएको छैन । १२ करोड ५२ लाख बजेटमा थालिएको भवनको ९० प्रतिशत काम सम्पन्न भएको छ । वर्ल्ड वाइड जेभी काठमाडौँसँग अस्पताल भवन निर्माणका लागि ठेक्का सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । भवन निर्माणको भौतिक प्रगति ९० प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ८० प्रतिशत हासिल भएको छ । अब अस्पताल भवन निर्माणको दश प्रतिशत काम बाँकी छ । निर्माण कम्पनीलाई काम गरेको रकम भुक्तानी दिन समेत समस्या भएको नगरपालिकाले जनाएको छ । फागुन २९ मा सम्झौता अवधि सकिदैछ । तोकिएको मितिमा काम सकिने छाँटकाँट छैन भने काम गरेको भुक्तानी दिने रकम समेत नगरपालिकासँग नरहेको बताइएको छ । निर्माण कम्पनीले काम गरेअनुसारको भुक्तानी दिने रकम नहुँदा काम गर्न समस्या भएको नगरपालिकाका सूचना अधिकारी शेरबहादुर सिजापतिले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा सरकारले न्यून बजेट विनियोजन गरेपछि भवन निर्माणको काम अघि बढाउन समस्या भएको छ । यो वर्ष सरकारले एक करोड रुपियाँ मात्र बजेट विनियोजन गरेको छ । निर्माण कम्पनीलाई नगरपालिकाले तीन करोड भुक्तानी दिन बाँकी नै छ । निर्माणाधीन अवस्थामा रहेको अस्पताल भवन निर्माणको ९० प्रतिशत काम सकिए पनि बजेट अभावका कारण अन्य काम रोकिने अवस्थामा छ । चालु वर्षमा सरकारमार्फत विनियोजित एक करोड बजेट निर्माण व्यवसायीलाई भुक्तानी दिन समेत अपुग छ ।

चालु वर्षमा निर्माण व्यवसायीको रकम भुक्तानी गरी थप कार्यका लागि बजेट विनियोजन हुँदा मात्र अस्पताल निर्माणको काम अघि बढ्ने नगरपालिकाले जनाएको छ । हालसम्म निर्माण व्यवसायीलाई नौ करोड २७ लाख भुक्तानी गरिएको नगरपालिकाले जनाएको छ ।

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा...

बाँकेमा मिनी रङ्गशाला अधूरै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी खर्च गरेको बाँकेको खजुरा गाउँपालिकास्थित...

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैरदलीय नागरिक...

बाँकेमा जलपन्छी गणना

काठमाडौं । बाँकेका विभिन्न तालतलैया, सिमासर क्षेत्र, जलाशय क्षेत्र तथा नदी क्षेत्रमा पानीमा आश्रित...